हेमजामा ‘बिच एण्ड फिस फेस्टिभल’ हुँदैं, ‘फुटबलदेखि बल्छी हान्ने प्रतियोगितासम्म
फुटबलतर्फ उपाधि राशि ५० हजार
पाेखरा | कात्तिक ६, २०८१
पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ ।
हेमजामा रहेको आर.एस.बिच क्लबले यही कात्तिक ९ गतेदेखि खुला ‘फाइभ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।
‘आर.एस.बिच क्लबले आयोजना गरेको बिच एण्ड फिस फेस्टिभल २०८१ को अवसरमा फाइभ ए साइड फुटबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सञ्चालन गर्दै छौँ, अध्यक्ष कार्की भने, फेस्टिभलमा बल्छि हान्ने, साइकिलिङ, फ्रि स्टाईल फुटबल र बन्जी जम्प प्रतियोगिता गर्दै छौं ।’
उनका अनुसार फाइभ ए साइड फुटबलको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै फ्रि स्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै बल्छी हान्ने प्रतियोगितासमेत आयोजना गरिएको क्लबले जनाएको छ ।
अम्मट गुफाको प्रचारप्रसार एवम् प्रर्वद्धन गर्ने उद्धेश्य
आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले ऐतिहासिक महत्व बोकेको अम्मट गुफाको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने उद्धेश्य रहेको बताए ।
‘हामीले अम्मटरमा रहेको एतिहासिक अम्मट गुफाको प्रचारप्रसार गर्ने हो, यहाँ साहसिक बन्जी जम्प, जीपलाइन पनि सञ्चालन रहेको छ, कार्कीले भने, ‘यस स्थानमा व्यवसायिक मत्स्यपालसँगै यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै व्यवसायिक खेलकुद तथा पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने उद्धेश्य रहेको छ ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

